सल्यानको एक जंगलमा बेवारिसे अवस्थामा बच्चा फेला
असोज १९, सल्यान
सल्यानमा अन्दाजी एक वर्षको बच्चा जंगलमा फेला परेका छन् ।
जिल्लाको खलंगा श्रीनगर सडकखण्ड अन्र्तगत शारदा नगरपालिका २ माझी पौवाको छहरा नजिक जंगलमा सोमबार बिहान बच्चा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मर्निङवाकमा गएका स्थानीयहरुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बच्चा भेटिएको नजिकै बालकको कपडा र एउटा झोला पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए । बालकलाई रातिनै जंगलमा छाडेको हुनसक्ने उनको भनाई छ ।
बालकलाई अहिले सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।
बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख थापाले बताए ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






