सल्यानमा बसले मोटरसाईललाई ठक्कर दिदा ३ जना घाईते
सल्यानमा बसले मोटरसाईकललाई ठक्कर दिदा तिन जना घाईते भएका छन । जयचौर देखी श्रीनगरसम्म आउदै गरेको ना ५ ख २९८ नम्बरको बस र बिपरित दिशाबाट आईरहेको मोटरसाईकललाई बिहान १० बजेतिर छत्रेश्वरी गाउँपालिका वडा नं ६ को शिवगुफा नजिकै ठक्कर दिदा मोटरसाईलमा सवार छत्रेश्वरी गाउँपालिका ६ बस्ने २३ वर्षिय बिरेन्द्र बि.क, २४ वर्षिय सन्तोष बिक र ४ वर्षिय नगेन्द्र बिक घाईते भएका छन । घाईते मध्य २ जनाको श्रीनगर स्थीत कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ भने मोटरसाईकल चालक बिरेन्द्र बिकलाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको ट्राफिक प्रहरी प्रमुख सन्दीप बिकले बताएका छन । बसलाई नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय शितलपाटीमा राखीएको छ । तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






