क्यान्सर पिडित किरणलाई ४० हजार सहयोग हस्तान्तरण
सल्यान, श्रावण १४
सल्यानको शारदा नगरपालिका वडा नं १ शान्तीनगर निवासी २४ वर्षिय किरण नेपाली लाई सहयोग रकम प्राप्त भएको छ । ब्लड क्यान्सर बाट पिडित नेपालीको आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको कुरा थाहाँ पाएपछि त्रिबेणी गाउँपालिका वडा नं २ का युवाहरु हाल बैदेशिक रोजगारीको लागी जापान र कोरीयामा रहनुभएका नेपाली युवाहरुको पहलमा पठाइएको ४० हजार १ सय ७ रुपैया क्यान्सर पिडित नेपालीलाई हस्तान्तरण गरिएको छ । उक्त रकम त्रिबेणी अनलाईको टिमले घरमै पुगेर हस्तान्तरण गरेको हो । सहयोगी हातहरुले सहयोग गरे बाँचेर फेरी गाडी चलाई परिवार पाल्ने उनको चाहाना रहेको बताउछन ।

उपचारका लागि रकम अभाव भएपछि विरामीलाई सहयोग गर्न चाहने दात्रि निकाय, व्यक्ति संघ संस्थाहरुले विरामीका सम्पर्क नंम्बर ९८६८६८११९९ वा कृषि बिकास बैंक लि. सल्यान शाखामा रहेको किरण बादीको खाता नंम्बर ०९१९८००८३५६३९०१३ मा रकम जम्मा गरिदिन सक्नुहुनेछ ।
सहयोगी मनहरुको सहयोग रकम र नाम निम्नअनुसार छ ।
१) लिलाधर पुन ५०००० वोन त्रिवेणी २ सल्यान
२) टर सिंङ पुन ५०००० ” त्रिवेणी २ सल्यान
३) बिष्णु रकाल ५०००० ” त्रिवेणी २ सल्यान
४) क्रिष्ण खड्का ५०००० ” त्रिवेणी २ सल्यान
५) कुल बहादुर बुढाथोकी ५०००० ” दाङ
६) पबन पुन ३०००० ” त्रिवेणी २ सल्यान
७) सन्त कुमार दियालि १५००० ”संखुवासभा
८) बिश्वास मगर १०००० ” रूकुम
९) लिला थाम्सुहाङ १०००० ” पाँचथर
१०) महेश शाही १०००० ” ललितपुर
११) निरोज लामा १०००० ” काभ्रे
१२) टंक बान्तवा १०००० ” झापा
१३) राजु महर्जन १००००” किर्तिपुर
जम्मा रकम ३५५००० कोरिया वोन र
१४) धर्म बुढाथोकी रू ५००० जापान त्रिवेणी २ सल्यान
जम्मा नेपाली रकम ४०१०७ रुपैयाँ ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






