सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु
सल्यानमा आँप टिप्न रुखमा चढेका एक बालकको करेन्ट लागेर मृ,त्यू भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरीका १४ बर्षिय बालक टोपेन्द्र बुढाथोकीको मृ,त्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमवार दिउसोँ करिब १२ वजे तीर साथीसँग आँप टिप्न उनी भट्टाचौर गएका थिए । बिद्युत्तका तारले रुखलाई छोएकाले करेन्ट लागेको प्रहरीले जनाएकाे छ । बालक शारदा नगरपालिका वडा नम्बर ६ भट्टाचौर स्थित आँपको रुखमा चढेर आँप टिप्ने क्रममा करेन्ट लागेर भुईमा खस्दा मृ,त्यू भएको प्रहरीकाे भनाइ छ ।
शवलाई पोष्टमार्टमको लागी सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






