सल्यानमा जंगली बदेलको मासु सहित एक जना प्रक्राउ
जंगली बदेलको मासु सहित सल्यानमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको कालिमाटी गाउँपालिका ५ मनिकापुर बस्नेत ३० वर्षीय दुर्ग बहादुर रोकालाई बदेलको मासु सहित प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै मकैबारीमा पासो हालेर बदेलमारी घरमा ल्याई काट्न लागेको सूचनाका आधारलाई रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आवश्यक कारवाहीका लागि बदेलको मासु र पासो सहित रोकालाई डिभिजन वन कार्यालय सल्यानमा पठाइएको प्रहरीले बताएको छ । यता डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी मनोज शर्माले बरामद भएको मासु परिक्षणका लागी पठाइने बताउनु भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा मासु परिक्षणका लागी पठाइने र परिक्षणको रिपोर्ट आएपछि राष्टीय निकुन्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाही अगाडी बढाइने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको