सल्यानमा जंगली बदेलको मासु सहित एक जना प्रक्राउ
जंगली बदेलको मासु सहित सल्यानमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको कालिमाटी गाउँपालिका ५ मनिकापुर बस्नेत ३० वर्षीय दुर्ग बहादुर रोकालाई बदेलको मासु सहित प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै मकैबारीमा पासो हालेर बदेलमारी घरमा ल्याई काट्न लागेको सूचनाका आधारलाई रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आवश्यक कारवाहीका लागि बदेलको मासु र पासो सहित रोकालाई डिभिजन वन कार्यालय सल्यानमा पठाइएको प्रहरीले बताएको छ । यता डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी मनोज शर्माले बरामद भएको मासु परिक्षणका लागी पठाइने बताउनु भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा मासु परिक्षणका लागी पठाइने र परिक्षणको रिपोर्ट आएपछि राष्टीय निकुन्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाही अगाडी बढाइने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






