त्रिबेणीका विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण
उत्तर कुमार साहु
सल्यान २४ असार,
सल्यानको त्रिवेणी गाउँपालिकाले सामुदायिक बिद्यालयलाई निशुःक सेनेटरी प्याड बितरन गरेको छ ।
महिनावारी भएको बेला छात्राहरु लजाउने, विद्यालय आउन गाह्रो मान्ने गरेकाले उनीहरुको समस्यालाई मध्यनजर गर्दै निसुल्क प्याड बितरण गरिएको हो । गाउँपालिका भित्रका २९ सामुदायिक विद्यालयहरुमा करिब १० लाख बराबरको सेनेटरी प्याड वितरण गरिएको हो ।

सेनेटरी प्याड पाएपछि ने.रा.मा.बि. फलाबाङका प्र.अ गोवर्धन रेउले खुसी ब्यक्त गर्नु भयो । उहाँले भन्नुभयो अब किशोरीहरु नियमित रुपमा बिध्यालयमा आउनेमा ढुक्क छौ । यस्तै किसिमका कार्यक्रम लगायत स्वास्थ्य सामाग्री उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुना खड्का, प्रमुख प्रशासकिय अधिकृत बसुन्धारा पुन, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यस्तै गाउँपालिकाले स्वास्थ क्षेत्रमा रहि अग्रपंतिमा बसेर काम गर्ने स्वास्थकर्मीलाई झोला र छाता बितरण गरेको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह