श्रमजीवी पत्रकार ऐन लागू गर , पेशागत सुरक्षाको ग्यारेन्टी गर

   
त्रिवेणी अनलाइन
१९ असार २०७७, शुक्रबार १७:५९ मा

श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने भन्दै नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

कोरोना महामारी र लकडाउनलाई देखाएर श्रमजीवी पत्रकार ऐन नभएको र पेशागत सुरक्षाको ग्यारेन्टी हुन नसकेको भन्दै महासंघको नेतृत्वमा काठमााडौंको बबरमहलमा प्रदर्शन गरेको हो । बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको महासंघको भनाई छ ।


समस्या देखिएका सञ्चारगृहमा असार २० गतेदेखि आकस्मिक रुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

लकडाउनको कारण देखाएर मिडिया हाउसले निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेपछि आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array