श्रमजीवी पत्रकार ऐन लागू गर , पेशागत सुरक्षाको ग्यारेन्टी गर
श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने भन्दै नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
कोरोना महामारी र लकडाउनलाई देखाएर श्रमजीवी पत्रकार ऐन नभएको र पेशागत सुरक्षाको ग्यारेन्टी हुन नसकेको भन्दै महासंघको नेतृत्वमा काठमााडौंको बबरमहलमा प्रदर्शन गरेको हो । बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको महासंघको भनाई छ ।

समस्या देखिएका सञ्चारगृहमा असार २० गतेदेखि आकस्मिक रुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।
लकडाउनको कारण देखाएर मिडिया हाउसले निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेपछि आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






