सल्यानका थप ६ जनामा कोरोना पुष्टी : संक्रमितको संख्या १६८ पुग्यो
सल्यान ७, आषाढ
सल्यानका थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका ६ जनाका कोरोना संक्रमण पुष्टी भएको हो ।
जसमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर २ का ३८ बर्षिय १ जना पुरुष, वडा नम्बर ३ का २८ बर्षिय १ जना पुरुष, वडा नम्बर ४ का ३०, ३० बर्षिय २ जना पुरुष, वडा नम्बर ५ का २२ बर्षिय १ जना पुरुष र वडा नम्बर ६ का १९ बर्षिय १ जना पुरुष रहेका छन् । भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका उनीहरुको शनीवार आएको पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
कोभिड फोकल प्रसन रिखाराम पुनले उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको बताउनुभएको छ । साथै उनीहरुलाई आज लुहापिङमा रहेको आइसोलेशनमा उपचारको लागी ल्याईएको छ । यस सँगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ६८ पुगेको छ ।
यस्तै सल्यानका ३ जना कोरोना संक्रमित घर फर्किएका छन् । कुमाख गाउपालिकामा रहेका उनीहरुको दोस्रो पटकको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन् । यससँगै सल्यानमा निको हुनेको संख्या ५७ पुगेको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






