दैलेखमा कोरोना जितेर घर फर्कनेको संख्या ३३४ पुग्यो

४ असार २०७७, बिहीबार २१:२७ मा प्रकाशित
[Sassy_Social_Share total_shares="ON"]

कोरोना संक्रमणको उच्च जोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले कोरोना जितेर घर फर्कनेको सङ्ख्या पनि ह्वात्तै बढेको देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले बुधबार ३३३ र र आज बिहीबार एक जना कोरोन जितेर घर फर्केको जानकारी दिए ।
क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
दैलेखमा कोरोना संक्रमित ७२१ पुगेका छन् । करीब एक हजारको रिपोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
[gs-fb-comments]

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu