सल्यानमा ब्लड बैँक स्थापना हुदैँ भवन निर्माणको काम शुरु
सल्यानमा ब्लड बैँक स्थापना हुने भएको छ ।
जिल्ला अस्पताल सल्यानको परिसरमा ब्लड बैँक स्थापना हुने भएको हो । जसका लागी अहिले भवन निर्माणको काम थालिएको छ । सल्यानमा सरकारी सहित निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र ९ब्लड बैंक० नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि निकैँ समस्या हुने गरेको थियो ।
सल्यान प्रदेशसभा ‘ख’ बाट निर्वाचित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पूर्वाधार बिशेष कार्यक्रम मार्फत ब्लड बैँक स्थापनाको लागी भवन निर्माणको काम थालिएको हो । अहिले जिल्लामा आकस्मिक रक्त सञ्चार सेवा मात्रै सञ्चालनमा छ । नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यान मार्फत रु। २० लाखमा तीन कोठे भवन निर्माणको थालनी गरिएको सभापती यौवन प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






