शारदा नगरपालिकाका १ सय ८ जनाको स्वाव संकलन गरी हेटौँडा पठाइयो

   
त्रिवेणी अनलाइन
३१ जेष्ठ २०७७, शनिबार १४:४३ मा

जेठ ३१, सल्यान
सल्यान शारदा नगरपालिकाका १ सय ८ जनाको स्वाब हेटौडा पठाइएको छ । कर्णाली प्रदेश अस्पतालमा चाप धेरै भएपछि भारतबाट आएका १ सय ८ जनाको स्वाब हेटौडा स्थित कोरोना प्रदेश प्रयोगशालामा पठाइएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा अत्याधिक चाप बढेसँगै हेटौडा पठाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाका विभिन्न क्वारेनटाइनमा बसी रहेका नागरिकहरुको स्वाब संकलन गरी हेटौडा पठाइएको नगरपालिकाका मेयर सुरेश अधिकारीले बताए ।

यसअघि पनि नगरपालिकाले २ सय ४२ जनाको स्वाब चितवन पठाएको थियो । दुई चरणमा पठाएका स्वाबको रिर्पोट नेगेटिभ आएको उनको भनाई छ ।
नगरपालिकाले भारतबाट आएका सबैलाई सिधै क्वारेनटाइनमा राख्दै आइरहेको छ ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार शुक्रबारसम्म जिल्लामा ३ हजार ५ सय ८३ जनाको स्वाब संकलन गरिएको छ । जसमा १ हजार १ सय ९१ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।

तपाइँको प्रतिक्रिया
Array