पहिलो पटक सल्यानका २५ जनामा कोरोना संक्रमण पुष्टी
सल्यान १८, जेष्ठ ।
सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमितहरू सबै बन्गाड कुपिण्डे नगरपालिका रहेका छन् । जसमा वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १९, २०, ४० र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८ वर्षिय गरि ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै वडा नम्वर ४ का १८, ३३ र ४४ वर्षका गरी ४ जना, वडा नम्वर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्वर ७ का ३८ वर्षिय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरू सवै पुरूष हुन भने सवैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरू सवै भारतबाट आएका हुन । भारतबाट आएका मध्ये ३ सय ९३ जनाको पिसिआर जाँचको लागी स्वाव संकलन गरी पठाएकोमा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।


यसैबिच सल्यानका ती कोरोना संक्रमितहरुको पुरा वितरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । आज उनीहरु सबैको विवरण आउने र उनीहरुलाई जिल्ला अस्पताल सल्यानको आइसोलेशनमा राखिने छ भने बाँकीलाई सुर्खेतको कालागाँउ पठाइने छ ।
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी