लकडाउनका पनि जिल्ला अस्पताल सल्यानमा सुत्केरी हुनेहरुको संख्यामा बृद्धि
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी भनेर देश लकडाउन गरिएको छ । लकडाउनमा पनि सल्यान खलंगाको जिल्ला अस्पतालमा सुत्केरी हुनेहरु संख्या बढिरहेको छ ।
जिल्ला अस्पतालमा लकडाउन सुरु भए देखि आज सम्म १७३ जनाले प्रसुती सेवा लिएको अस्पताल स्रोतले बताएको छ । जसमध्ये चैत्र ११ देखि चैत्र मसान्त सम्म ८४ र बैशाख मसान्त सम्म ८९ रहेकाछन । जो अघिल्नो वर्षको तुलनामा बढि हो ।
सल्यान जिल्ला अस्पतालमा सल्यान संगै रोल्पा र रुकुमबाट समेत प्रसुती सेवाको लागि आउने गरेका छन । लकडाउनमा अत्यावश्यक सवारीलाई आवतजावतमा रोक नलगाइएका कारण प्रसुतीका लागि जिल्ला अस्पताल आउनेहरुको संख्यामा कुनै प्रभाव नपरेको पाइएको छ ।
स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा आवश्यक सुरक्षा सामाग्री नहुदा सिधै जिल्ला अस्पतालमा रिफर गर्ने गरेको पाइएकाले जिल्ला अस्पतालमा सुत्केरी हुनेहरुको संख्या बढेको हो । प्रसुती सेवा आकस्मिक केश भएकाले कोरोनाले यसलाई कुनै प्रभाव नपारेको र सुरक्षा सामाग्री र सजगताका साथ सेवा संचालन गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिए ।
जिल्ला अस्पताल सल्यानको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल ११६६ सुत्केरी भएकोमा एस अर्थिक वर्षमा ११६८ जनाले जिल्ला अस्पतालमा पस्तुति सेवा लिएका छन ।
नेपाल सरकारले यातायात खर्चको २ हजार, कर्णाली प्रदेश सरकार सुत्केरी पोषण कोसेली कार्यक्रम अन्तर्गत २ हजार र नियमित गर्भ जाँच अनुसार ८ सय गरि ४ हजार आठ सय रुपैया जिल्ला अस्पताल सल्यानले प्रसुती सेवा लिनेलाई वितरण गर्दे आएको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन