हावाहुरीकाले उडायो सल्यानको बन्गाडमा बिद्यालय र स्वास्थ्य चौकीको छाना
सल्यान २९, बैशाख ।
सल्यानको पश्चिम क्षेत्रमा चलेको हावाहुरीले विद्यालय, स्वास्थ्य चौकी र स्थानीयका घरका छाना उडाएको छ । आईतवार बेलुका चलेको हावाहुरीले बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी निमावि गराको ट्रस्ट भवनको छाना उडाएको छ भने वडा १२ को निगाल्चुलामा केही स्थानीयका खरका छाना भएका घर र स्वास्थ्य चौकीको जस्तापाता उडाएको छ । हावाहुरीका कारण १० लाख भन्दा वढी क्षती गरेको विद्यालयले जनाएको छ ।
असिना, पानी र हावाहुरीले निगाल्चुलाका केही भुभागमा तरकारी तथा फलफुलमा समेत क्षेती पुर्याएको वडा अध्यक्ष गोविन्द डाँगीले जानकारी दिनुभएको छ । हावाहुरीको क्षती एकिनको लागि बनगाड कुपिण्डे नगर उपप्रमुख मञ्जु यरी, योजना अधिकृत धर्मराज ढकाल, इन्जिनियर महेश देवकोटाको टोलीले हावाहुरी प्रभावित क्षेत्रको अनुगमण गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






