कुमाख गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण
सल्यान १३, बैशाख ।
सल्यानको कुमाख गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै विगत एक महिनादेखि जारी लकडाउनका कारण दैनिक जीविकोपार्जनबाट प्रभावित समुदायलाई गाउँपालिकाले राहत वितरण गरेको हो । जस अन्र्तगत राहत वितरणको पहिलो चरण अन्र्तगत गाउँपालिकाका सात वटै वडामा राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार वडा नम्बर १ मा ४७ घरपरिवार, वडा नम्बर २ मा ४८, वडा नम्बर ३ मा ६९, वडा नम्बर ४ मा ६७, वडा नम्बर ५ मा ६१, वडा नम्बर ६ मा ५९ र वडा नम्वर ७ मा ४९ घरपरिवारलाई राहत वितरण गरिएको छ । गाउँपालिकाका सबै वडामा पुगेर राहत स्वरुप चामल, दाल, तेल, लगाएतका दैनिक उपभोग्य खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिनुभयो । राहत पाउनबाट छुटेका विपन्न परिवारलाई दोस्रो चरण राहत वितरण गरिने गाउपालिकाको भनाई छ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।