सल्यानका एक युवाको र्‍यापिड टेष्ट रिपाेर्ट पोजेटिभ

   
त्रिवेणी अनलाइन
८ बैशाख २०७७, सोमबार १७:४९ मा

बैशाख ८, सल्यान

सल्यानका एक युवामा कोरोना भाइरसको किट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बिधीबाट सोमबार श्रीनगरमा परीक्षण गरिएका ति युवाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढा बताए।

शारदा नगरपालिका १ चैबाङजिउलाका ती युवा गत चैत ६ गते युएइबाट घर आएका थिए । उनलाइ अहिले जिल्ला अस्पताल सल्यानको आइसुलेसनमा राखिएको छ । शंकास्पद यूवक भेटिए सँगै उनको परिवारमा रहेका सबै ५ जनालाई जिल्ला अस्पताल सल्यानमा रहेको क्वारेन्टाइनमा ल्याईएको छ । उनीहरुको केही बेर अगाडी मात्रै आरडिटी परिक्षण गरिएको छ, भने ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । सल्यानमा अहिलेसम्म र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएका ६ सय ७३ जनाको रिर्पोट नेगेटिभ आएको थियो ।

र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएपछि ति युवाको मंगलबार स्वाव संकलन गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रयोगशालामा पठाइने स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । अहिले नै र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटीं) विधिबाट गरिएको परिक्षणलाइ अन्तिम भन्न मिल्दैन् । कोरोना भाइरस पुष्टी भए नभएको अन्तिम बिधी स्वाव परिक्षण गर्नुपर्ने हुन्छ ।

तपाइँको प्रतिक्रिया
Array