त्रिबेणी गाउँपालिका का २ सय ५० अतिविपन्न घरपरिवारलाई राहत बितरण गरिदै ।
बैशाख २ सल्यान,
सल्यानको त्रिबेणी गाउँपालिका अतिबिपन्न २ सय ५० घरपरिवारलाई राहत सामा्रगी बितरण गर्ने भएको छ । राहत बितरणको काम आजबाट सुरु गरेको छ । वडा नं. ४ फलाबाङका अति बिपन्न ४० घरपरिवारलाई राहत साम्रगी बितरण गरेको छ ।
लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरेको हो ।
वडा कार्यलय बाट पहिचान गरि वडा कार्यलयको सूचनाका आधारमा खाद्यान्न वितरण हो । खाद्यनमा २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर तेल र सरसफाईको लागी २ ओटा साबुन वितरण गरिएको वडाअध्यक्ष छबिराज शर्माले जानकारी दिए।

लकडाउनको अवधीभर पुग्ने गरी त्रिबेणी गाउँपालिका भित्रका सबै वडाका विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने त्रिबेणी गाउँपालिका का अध्यक्ष मान बहादुर डांलीले बताए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






