कपुरकोट गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत बितरण
चैत्र २३ सल्यान
सल्यानको कपुरकोट गाउँपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत वितरण कार्य जारि राखेको छ । आइतबार सम्म एक सय २८ घरपरिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

राहत सामग्रीको दुरुपयोग नहोस् भनेर विशेष ध्यान दिइएको जनाउँदै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सम्बन्धीत वडा कार्यालयले पहिचान गरेका पिडितलाई राहत उपलब्ध गराइएको जनाए । यस अघि वडा नम्बर २, ३ र ४ मा खाद्यान्न लगाएतका सामग्री वितरण गरिसकेको गाउँपालिकाले आईतबार वडा नम्बर १ र ६ का ५३ विपन्न घर परिवारलाई राहत प्रदान गरेको छ । १ नम्बर वडामा १७ र ६ नम्बर वडामा ३६ घर परिवारलाई चामल, नुन, तेल, दाल, साबुन वितरण गरिएको अध्यक्ष सेनले बताए ।
राहत वितरणको बेला हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै गाउँपालिकाले एक ब्यक्तिबाट अर्को ब्यक्तिविचको दुरी कायम गरि राहत वितरण गरेको जनाएको छ । जनस्तरमै आएर परामर्श संगै खाद्यान्न सामग्री पाएपछि विपन्न परिवारहरु खुसि भएका छन् ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







