दार्मा गाउँपालिकामा भारत लगायत अन्य देशबाट आएका ३ सय २४ होम क्वारेनटाइनमा

१८ चैत्र २०७६, मंगलवार २०:२९ मा प्रकाशित
[Sassy_Social_Share total_shares="ON"]

प्रकाश शर्मा चैत १८, सल्यान । जिल्लाको दार्मा गाउँपालिकामा भारत लगायत विभिन्न देशबाट आएका ३ सय २४ जना होम क्वारेनटाइनमा बसेका छन् ।  कोराना भाइरस (कोभिङ १९) ले विश्वभर महामारी लिएपछि स्वदेश फर्किएका ३ सय २४ होम क्वारेनटाइनमा बसी रहेको दार्मा गाउँपालिकाले जनाएको छ । 

विदेश गएका व्यक्तिहरुको तथ्यांक संकलन गरी उनीहरु होम क्वारेनटाइनमा बसी रहेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए । होम क्वारेनटाइनमा बसेका सबै गाउँपालिकाको सम्पर्कमा रहेको उनको भनाई छ ।

दार्मा गाउँपालिकाको वडा न १ मा ६०, वडा न २ मा ४०, वडा न ३ मा ५९, वडा न ४ मा ७५, वडा न ५ मा ५२ र वडा न ६ मा ३८ गरी ३ सय २४ जना क्वारेनटाइनमा बसी रहेका छन् । यस्तै १६ जना १४ दिन अवधि पुरा गरेका बसी रहेको केसीको भनाई छ । 


स्वदेश फकिएका अधिकांस भारतबाट आएका रहेका छन् । भारतबाट १ सय ३९, मलेशियाबाट ३, कतारबाट २, साउदीबाट १ र स्वदेशभित्र विभिन्न जिल्लामा पुगका १ सय ८५ जनाको नाम संकलन गरी क्वारेनटाइनमा बसी रहेको दार्मा गाउँपालिकाले जनाएको छ । 

तपाइँको प्रतिक्रिया
[gs-fb-comments]

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu