नर्सलाई घरबाट निकाल्ने वडासचिब प्रहरीको नियन्त्रणमा
१८-चैत / स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा दाङ घोराही उपमहानगरपालिका वडा नं. २ का वडासचिब नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आचार्यको घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरमा रहेको घरमा भाडामा बस्दै घोराही स्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत सृजना खड्कालाई घरबाट निकाला गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
मुलुकमा कोरोना भाइरस(कोभिड–१९)को जोखिम बढिरहेको अबस्थामा आफ्नो ज्यूज्यान समेत जोखिममा राखेर नर्सलाई घरबाट निकालेको भन्ने गुनासो आएकाले सचिबलाई मंगलबार दिउसो नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान गर्ने तयारी गरिएको उनले बताए ।‘हामीलाई उजुरी त आएको छैन्, तर पनि मुलुकमा सन्त्रास फैलिएको अबस्थामा सञ्चार माध्याममा नर्सलाई निकालेको खबर आयो’ उनले भने‘ त्यसकै आधारमा अनुसन्धानकालागि नियन्त्रणमा लिएका हौं ।’
तुलसीपुर उपमहानगरपाकिाल वडा नं-१६ निवासी खड्कालाई घरबाट निकाला गरेपछि चैत १५ गतेदेखि होटेलमा बस्दै आएकी थिईन् ।
सचिबलाई नर्स नियमित हस्पिटल जाने भएकाले घरमा कोरोना संक्रमण जोखिम रहेको भन्दै घरधनी आचार्यले घरबाट निकाला गरेको आरोप लागेको छ । सोमबार मात्रै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले स्वास्थ्यकर्मीहरुलाई घरबाट निस्किन दवाव दिने गरेको भन्दै त्यासो गरे कानुन बमोजिम कारवाहाी गर्ने बताएका थिए ।
Source : Tuslipur online
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







