चीनबाट काठमाडौँ आइपुग्यो कोरोनाविरुद्धको स्वास्थ्य सामग्री
काठमाडौँ । चीनको ग्वान्झाउबाट कोरोनाभाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ ।
स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । कोरोना संक्रमितको उपचार तथा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामग्री लिन निगमको वाइडबडी त्यसतर्फ गएको थियो ।
प्रवक्ता देवकोटाका अनुसार ति सामग्रीहरु प्याकिग गरेर आजबाटै विभिन्न प्रदेश तथा अस्पतालहरुलाई उपलव्ध गराइनेछ ।
चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई), कोरोना चेक गर्ने किट, ल्याव मेसिनलगायत अत्यावश्यक सामग्री पहिलो पटक ल्याइएको हो । सरकारले कोरोना भाइरस परीक्षण तथा उपचार प्रकृया शुक्रबारबाट धरानमा सुरु गरेको छ भने लगत्तै नेपालगञ्ज र पोखरामा पनि ल्याब राख्ने तयारी गरिरहेको छ । त्यसपछि धनगढी, दाङ र हेटौडामा समेत ल्याव राख्ने र उपचार प्रकृया थाल्ने योजना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
त्रिभुवन विमानस्थलका अनुसार १२.६६ टन सामग्री बोकेर विमान बिहान ५ बजेर ३१ मिनेटमा नेपाल आइपुगेको हो ।
Source : Ratopati
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह