सल्यानको त्रिबेणी गाउँपालिकाद्वारा ३० सैयाको क्वारेन्टाईन निर्माण
सल्यानको त्रिबेणी गाउँपालिकाले ३० सैयाको क्वारेन्टाईन बनाएको छ । त्रिबेणी गाउँपालिकाको वडा नं. १ काभ्रामा रहेको जनता मा.बि मा १२ सैया , वडा नं. २ को काँरागिठीमा रहेको राधेश्याम मा.बि १० सैया, र वडा नं ६ को लुहाममा रहेको चण्डेश्वरी प्रा.बिमा ८ सैयाको गरी ३० क्वारेनटाईन कक्ष निर्माण गरिएको छ । अहिलेसम्म राधेश्याम मा.वि मा रहेको क्वारेन्टाईनमा ९ जना बिदेश बाट आएका ब्यक्ती बसेका छन भने जनता मा.बि काभ्रामा ४ जना बसेका छन ।

कोरोना भाईरस कोभिड १९ को विश्वव्यापी संक्रमण फैलिरहेको अबस्थामा नेपाल समेत संक्रमणको उच्च जोखिममा रहेको सन्दर्भमा त्रिबेणी गाउँपालिकामा भारत लगायत अन्य मुलुक बाट भित्रिएका व्यक्तिहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राखि तिनिहरुको अबस्थाको बारेमा जानकारी गराउन जनप्रतिनिधी, राजनैतिक व्यक्ति,स्वास्थ्य कर्मी, शिक्षक, कर्मचारी, व्यापारी, महिला स्वास्थ्य स्वयम सेविका तथा स्थानिय बासीहरुलाई गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिकाले कोरोना प्रभावित देशबाट आएका व्यक्ति भेटिएमा स्वास्थ्य शाखामा जानकारी गराउन समेत अनुरोध गरेको छ । जसका लागि ९८५७८३२७६२ मा सम्पर्क गर्न सकिनेछ। थप क्वारेन्टाइन आबस्यकता परेमा सामुदायिक बिधालय र सामुदायिक भबनहरु प्रयोग गर्ने गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमीत वा आसंकितहरुको परिक्षण र उपचार गर्न स्वास्थ्यकर्मी हरुलाई नभई नहुने सुरक्षा कवज पिपिइको अभाब भएको त्रिबेणी गाउँपालिका सल्यानका फोकल पर्सन प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






