छत्रेश्वरी गाउँपालिकाद्वारा क्वारेन्टाइन निर्माण र दैनिक मजदुरी गर्नेलाई राहत बितरण गर्ने
चैत्र १५, सल्यान
छत्रेश्वरि गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको छ। गाउँपालिकाको वडा नम्बर ५ स्थित प्राथमिक स्वास्थ्यकेन्द्र लेखपोखरामा ८ बेडको क्वारेन्टाइन निर्माण गरेको हो। कोरोना भाईरस (कोभिड १९) संक्रमित र आशंका लागेका ब्यक्तिहरुलाई उपचारको लागि क्वारेन्टाइनमा राखिने भएको छ।

क्वारेन्टाइनमा बस्ने संक्रमीत हरुलाई आईसोलेसन सहितको उपचार गरिने छ । गाउँपालिकाले दमाचौर स्वास्थ्यचौकी,जयचौर स्वास्थ्य चौकी र भोटेचौर स्वास्थ्य चौकीमा शनिबार सम्म ५।५ बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्ने समेत जनाएकोछ । कोरोना संक्रमीत वा आसंकितहरुको परिक्षण र उपचार गर्न स्वास्थ्यकर्मी हरुलाई नभई नहुने सुरक्षा कवज पिपिइको समेत ब्यबस्था गर्नलागेको छ। अन्य उपलब्ध औषधि र उपकरण हरुको समेत ब्यबस्था मिलाएको छ। थप क्वारेन्टाइन आबस्यकता परेमा सामुदायिक बिधालय र सामुदायिक भबनहरु प्रयोग गर्ने गाउँपालिकाले जनाएको छ ।
कोरोनाको संकास्पद ब्यक्ति त अत्यावश्यक उपचारको लागि गाउँपालिकामा रहेका ४ वटा एम्बुलेन्स मध्य ३ वटा एम्बुलेन्स तयारी अबस्थामा राखिएको र ।प्रत्येक वडाहरुमा सरकारले गरेको लकडाउनलाई पालना गर्न र शुरक्षा साबधानी अपनाउन माईकिङ गर्ने कार्य जारी राखेको छ ।वैदेशिक रोजगारीबाट फर्केका हरुको तथ्यांक संकलनगरी उनिहरु र उनिहरुको परिवारलाई स्वास्थ्य परिक्षणको ब्यबस्था मिलाएको हो ।
त्यस्तै दैनिक ज्यालादारी ,मजदुर,श्रमिक(अति बिपन्न)परिवारहरुको तथ्यांक संकलन गरि राहतको प्याकेज अनुसार खाद्यान्नको ब्यबस्था मिलाउन लागिएको छ।सम्बन्धीत वडा अध्यक्ष सङ समन्वय गरेर अति बिपन्न स्रमिक हरुलाई राहत उपलब्ध गराईनेछ।महामारी र लकडाउनको बेला कोहिपनी अति बिपन्न श्रमिकहरुलाई हरु भोकै नबसुन भन्ने उद्देश्यका साथ गाउँपालिकाले सो प्रक्रिया अगाडि बढाएको हो।
महामारीको यस अवधिमा तपाइको गाउँ टोलमा कोहि शंकास्पद वा सङ्क्रमित व्यक्ती भेटिएमा खबर गर्नुहुन साथै अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन, भिडभाड नगर्न, अनावश्यक भेटघाट नगर्न र संयमीत भएर घरमै बस्नुहुन समेत गाउँपालिकाले अपिल गरेको छ ।।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






