नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना
नेपालगञ्ज,
१५-चैत / कारोना भाइरस रोकथामका लागि औषधि र सम्भावित संक्रमितको नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो । विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको छ । विमान दुर्घटनाबारे थप जानकारी भने आउन बाँकी रहेको जनाएका छन् ।
‘हामी १ बजेतिर काठमाडौंबाट ट्वीनअर्टर जहाज पठाउदैछौं, त्यो जहाजले दुई डाक्टर, क्याबिन क्रु लिएर आउँछ, नमुना पनि ल्याउँछ, के भएर दुर्घटना भयो भन्ने बरे छानबिन गर्छौ’ ज्वार्चनले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताए ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह