एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित
५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- सल्यान त्रिबेणीका स्वास्थ्यकर्मीले लिए आधारभुत क्षमता अभिबृद्धि गर्ने तालिम
- कोरोना संक्रमणबाट सल्यानका एक जनाको भारतमा मृत्यु
- कालिज पालनबाट मनग्य आम्दानी गर्दै सल्यानका : मंगल सिंह
- त्रिबेणी गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्न तालिम सुरु
- त्रिबेणी गाउँपालिकाको आयोजनामा नि:शुल्क पशु स्वास्थ्य शिविर टोट्केमा सम्पन्न
- त्रिबेणी गाउँपालिकाकोे सार्वजनिक सुनुवाई वडा नं ६ लुहाममा सम्पन्न
धेरैले पढेको