गाउँपालिका स्तरिय कुखुरापालन तालिम सम्पन्न
त्रिबेणी गाउँपालिका सल्यानको आयोजनामा ३ दिने ब्यबसायकि कुखुरापालन तालिम सम्पन्न भएको छ । कुखुरापालन गरी रहेका स्थानियलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको हो । तालिममा ६ वडाका २१ जनाको सहभागीता रहेको थियो । त्रिबेणी गाउँपालिका सल्यानका अध्यक्ष मान बहादुर डांगीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सहभागीहरु मध्ये तालिममा प्रथम भएका बिरेन्द्र श्रेष्ठ लाई पुरस्कार सहित सम्मान गरिएको थियो । तालिममा ब्रोईलर, लोकल कुखुरा, लेयर्स पालन गर्नुपर्दा सम्पुर्ण ब्यबस्थापनको तयारी, जैविक सुरक्षा गर्ने तरिका, खोप दिने तरिका, कुखुरामा लाग्ने रोग बारे जानकारी र रोगथामको उपायको बारेमा जानकारी दिएको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनु भयो ।
तालिमको समापन गर्दै अध्यक्ष डांगीले सम्पुर्ण कृषकहरु ब्यबसायिक बनेर लाग्न र त्रिबेणीलाई सम्बृद्ध बनाउन लाग्नुपर्ने बताउनु भयो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






