स्वास्थ्य सेवाका कर्मचारीलाई बिदामा नबस्न कर्णाली सरकारको निर्देशन

२२ फाल्गुन २०७६, बिहीबार २०:५४ मा प्रकाशित

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई बिदा नबस्न निर्देशन दिएको छ। नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवाका कुनै पनि कर्मचारीलाई तत्काल बिदा नदिन र तालिममा नपठाउन निर्देश दिएको हो।  प्रदेशका सबै जिल्ला तथा प्रदेश अस्पतालमा पत्रचार गर्दै तत्कालीन अवस्थामा स्वास्थ्य कर्मचारीलाई काज तथा बिदामा नपठाउन निर्देशन दिइएको कर्णालीको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले बताएकी छन्। हाल नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको हुँदा कर्णाली प्रदेशमा समेत पूर्वतयारी र उच्च सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीलाई हालको अवस्थामा कुनै पनि तालिममा नपठाउनको लागि निर्देशन दिइएको हो। साथै, अत्यावश्यक अवस्थाबाहेकका बिदा पनि नदिन निर्देशन दिइएको छ। यसअघि बिदा वा काजमा बसेको कमर्चारीलाई पनि यथाशीघ्र कार्यालयमा उपस्थित हुन भनिएको छ। यसैगरी प्रदेशभित्र रहेका स्थानीय तहसँग सहकार्य गरी औषधि तथा उपकरणहरुको पूर्व तयारीका लागि सहजीकरण गर्न पनि निर्देशन दिइएको छ। यसअघि प्रदेशसभाको बैठकमा समेत सांसदहरुले कोरोनाको पूर्वतयारीबारे प्रदेश सरकारसँग जवाफ माग गरेका थिए। सामाजिक विकास मन्त्रालयले चीनसँग जोडिएका नाकामा कडाइ गरिने बताएको छ। प्रदेशको मन्त्री स्तरीय समिति बनाई तयारी थालिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखाका प्रमुख विर्षबहादुर शाहीले बताए। प्रदेश अस्पतालमा पनि समिति बनाई काम अघि बढाइने शाहीले बताए।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu