बागचौर नगरपालिकाले दियो शहिद तथा बेपत्ता परिवारलाई सिरक र हिल ट्याङकी
सल्यानको बागचौर नगरपालिकाले नगर भित्रका ५३ जना शहिद तथा वेपत्ता परिवारजनलाई एक कार्यक्रमका विच प्रति परिवार १ थान फाइवर सिरक र १ थान हिल ट्याङकी वितरण गरिएको छ ।
बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा, स्वागत मन्तव्य नगरका उपप्रमुख श्री कल्पना पुनले राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले शहिद वेपत्ता परिवार को सम्मानका लागि गत वर्ष देखि यस्ता कार्यक्रम गर्दै आएको र त्यसको निरन्तरता स्वरुप यो वर्ष फाइवर सिरक र हिल ट्याङ्की वितरण गरिएको बताउनु भयो ।
हिलट्याङकीको प्रयोगले शहिद वेपत्ता परिवारजनलाई पानीको समस्या समाधानमा थोरै भए पनि टेवा पुग्ने अपेक्षा गरिएको र
शहिद वेपत्ता परिवार जनको माग अनुसार आगामी दिनमा सिपमुलक आयआर्जनका कार्यक्रम समेत संचालन गरिने जानकारी गराउनु भएको थियो ।
कार्यक्रको संचालन बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले गर्नु भएको थियो।
कार्यक्रममा ४५ भन्दा बढि शहिद परिवारको सहभागिता रहेको थियो मेयर संग जनता पानी संकलन कार्यक्रम अन्तर्गत शहिद वेपत्ता परिवार जनलाई १००० लिटर क्षमताका हिल ट्याङकी वितरण गरिएको हो ।


- Coronavirus disease 2019
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न







