हुरीले भत्काएका घर शिलान्यास: सेनाका तीन हेलिकप्टरले दर्जन मन्त्रीलाई पुर्‍याए बारा र पर्साका गाउँगाउँमा !

   
त्रिवेणी अनलाइन
२१ बैशाख २०७६, शनिबार १०:३० मा
[Sassy_Social_Share total_shares="ON"]
क्रान्ति शाह/दिवकर भण्डारी
बारा : गत वर्ष चैत १७ गतेको हुरीले विस्थापित भएका बारा र पर्साका परिवारका लागि घर निर्माण कार्य सुरु भएको छ। शनिबार बिहान संघीय सरकारका मन्त्री र प्रदेश २ का मुख्यमन्त्रीले एकसाथ हुरी प्रभावितका लागि घर निर्माण कार्यको शिलान्यास गरेका हुन्। 

हुरी प्रभावित परिवारका घर निर्माणको शिलान्यासका लागि संघीय सरकारका दुई उप्रधानमन्त्रीसहित आठ मन्त्री र प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्री फेटा गाउँपालिका ६ पुरैनियामा पुगेका थिए। बारामा औपचारिक कार्यक्रम सकेर मन्त्रीहरु हेलिकप्टरबाट बारा र पर्साका गाउँगाउँमा पुगेका थिए। 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बाराको फेटा गाउँपालिका–६ पुरैनियामा र अर्का उपप्रधान एवम्  स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाराकै  परवानीपुर गाउँपालिका ४ चैनपुरमा घर निर्माण कार्यको शिलान्यास गरे। 
यस्तै गृहमन्त्री रामबहादुर थापाले बाराको प्रसौनी गाउँपालिका ४ खुटुवाजब्दी, सहरी विकासमन्त्री इस्तियाक राईले बाराको फेटा गाँपालिका १ भरवलीया, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बाराको सुर्वण गाउँपालिका ४ हर्दिया, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगरले बाराको फेटा १ भलुही, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पर्साको वीरगन्ज महानगरपालिका २२ जगरनाथपुर, खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले वीरगन्ज २४ को उदयपुरघुर्मी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालाबाबु पण्डितले बाराको  पचरौता नगरपालिकाको वेनौलीमा हुरी प्रभावितका लागि घर निर्माण कार्यको शिलान्यास गरेका हुन्। 

भूमी व्यावस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले बाराको महागढीमाईको तेलगाई, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले  बाराको देवताल गाउँपालिकाको रामपुर्वामा र प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बाराको कलैया उपमहानगरपालिका १३ छोट्कीफुलवरीयामा  घर निर्माण कार्यको शिलान्यास गरे। 
हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १३६२ घर गरी जम्मा १४५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरलगायत हाल २३३२ जना दक्ष जनशक्ति परिचालित भइसकेको सेनाले जनाएको छ।

तीन चरणमा सम्पन्न गरिने ‘जनता आवास’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४८२ घर जेठ २६ गते भित्र, दोस्रो चरणमा ४८२ घर असार २८ गते भित्र र तेस्रो चरणमा ४८९ घर श्रावण ३० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ। निर्माणाधिन घरको अनुगमन, नियन्त्रण, समन्वय र सहयोग गर्नको लागि स्थानीय स्तरमा पुनर्स्थापना तथा घर पूनर्निर्माण सहजीकरण समन्वय समिति समेत गठन भएको छ। 

शिलान्यास कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई दिइएको जिम्मेवारी समयमा नै सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताए। सोही अवसरमा प्रदेश २ का मुख्यमन्त्री राउतले निर्माण कार्यको लागि नेपाली सेनालाई जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताए। 
  

]]>
तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu