सल्यानमा बालिकालाई जवर्जस्ती करणी अभियोगमा १३ वर्षीय बालक पक्राउ

   
त्रिवेणी अनलाइन
१६ फाल्गुन २०७६, शुक्रबार २०:३९ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानमा साढे २ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका घर भएकी दुई वर्ष सात महिनाकी बालिकालाई सोही ठाउँ बस्ने बालकले ११ फागुनमा बलात्कार गरेको भन्दै पीडितका परिवारले १२ फागुनमा प्रहरीलाई उजुरी दिएका थिए ।

६ कक्षमा अध्यनरत बालकले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएको प्रहरीले जनाएको छ । बालिका रुँदै घर आएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

पक्राउ परेका बालकलाई जिल्ला प्रहरी कार्यालयमा बाल निगरानीमा राखेर थप अनुसन्धान भइरहेको वलीले बताए ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu