सल्यानमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु
सल्यान । मोटर साइकल दुर्घटनाम परि सल्यामा एक जनाको ज्यान गएको छ । जिल्लाको शिद्दकुमाख गाउँपालिका –१ निवासी २९ वर्षीय रमेश बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहान मोख्लाबाट पटारे जाँदै गर्दा पटारेखोलमा सडकबाट करिब ६ मिटर तल खोलामा बाइक खसेको थियो । बुढाथोकीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
रा ३ प ८८८८ नम्बर मोटर साइकलमा सवार बुढाथोकीको के कारणले दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख इन्सपेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयाे । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






