निर्माणधिन घरको तला भत्किदा सल्यानमा ५ महिला घाइते
फागुन ५ सल्यान,
घर बनाउने क्रममा सल्यानमा घरको तला भत्किदा ५ जना महिला घाइते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका २ दहखोला रामचनेमा घर बनाउने क्रममा घरको तला भत्किदा आइतबार ५ जना महिला घाइते भएका हुन् ।
घाइते हुनेमा सोही ठाउँका भुमा खड्का, रेउती विक, झुपा विक, कविता बस्नेत र रिता विक रहेको छत्रेश्वरी १ का वडा सदस्य प्रकाश हमालले लेकाली अनलाइनलाई जानकारी दिए । उनका अनुसार घाइतेलाई उपचारको लागि दमाचौर स्वास्थ चौकीको एम्बुलेन्सबाट श्रीनगरतर्फ लगिएको छ ।
घाइतेमध्ये दुई जनाको अबस्था गम्भीर छ । स्थानीय दिल बहादुर विकको निमार्णाधिन घरको तला बनाउने क्रममा तला भत्किएर घटना घटेको हो । गाउँका आमासमुहले घर बनाउने क्रममा समूह भित्रका घरहरु लिपपोत गर्दै आउने गरेका थिए ।
सोही अनुसार आइतबार पनि उनिहरु दोस्रो तलाको भुईमा भित्ता लिप्दै गर्दा तला भत्किएर च्यापिएर घाइते भएका हुन् । तला भत्किदा अन्य धेरै कामदारहरु सामान्य रुपमा घाइते पनि भएका छन् ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह