परिवार संग सम्पर्क बिहिन बनेका श्रेष्ठलाइ घर फर्किन परिवारको आग्रह
सल्यान ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर ३ खलंगा निवासी आइएमइ सन्चालक उत्सव श्रेष्ठ विगत ११ दिन देखी घर परिवाको सम्पर्कमा नआउँदा परिवारले खोज तलाशीका लागी सबैमाम अनुरोध गरेको छ ।
श्रेष्ठकी पत्नी संगीता श्रेष्ठका अनुसार माघ २१ गते बिहान छोराको छैठी गरेको र खाना खाएर करिब १० बजेतिर पतिले सधैंजस्तै आइएमइ खोल्नु भएको हो । केही समय पछि नियमित सेवाग्रही आउँदा दुइ जना सेवाग्राहीसंग केही भनसुन भएको थियो ।
सेवाग्राही हरु कराइ रहेको आफुले सुनेको र त्यसपछि उहाँ कहाँ जानुभयो आफुलाइ थाहा नभएको उहाँकी पत्नी संगीताले कभरखबर लाइ बताउनु भयो । उहाँले प्रहरमिा समेत खोज तलाशीका लागी निवेदन दिइ सकेको समेत जानकारी दिनु भएको छ ।
सम्पर्क विहिन हुनु भएका श्रेष्ठलाइ कोही कसैले देख्नु भएमा मोवाइल नं ९८४७८४४५८४ मा खबरगरी सहयोग गरीदिन हुन परिवारले अनुरोध गरेको छ । उहा संपर्क बिहिन भएदेखी उहाको सम्पूर्ण परिवार अत्यन्त दुखी र चिन्तित भएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सल्यानले घरबाट सम्पर्क बिहिन भएका श्रेष्ठको खोजतलाशी गरि दिन भनेर निवेदन आएको दिन देखी खोजतलाशी शुरु गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले श्रेष्ठको खोजतलाश कालागी मातहतका प्रहरी युनिटलाइ नाम र हुलिया सहित खबर गरि सकेको र खोज तलाश जारी रहेको बताउनु भयो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह