सिन्धुपाल्चोकमा एकसय भन्दा बढीलाई कोरोनाको आशंका
माघ २९, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरससंग मिल्ने लक्षणले त्रास फैलाएको छ । उक्त गाउपालिकाको वडा नम्बर ३ गुम्बागाउँका एक सय भन्दा बढी स्थानीय रुधा खोकी र ज्वरोले थलिएका छन् ।
गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी गराएका छन् । विगत दुई हप्तादेखि सामान्य रुधा खोकिले थलिएका उनीहरुको अवस्था गम्भीर रहेको उनले बताए । चेकजाँच नै नगरि यो नै हो भन्न सक्ने अवस्था नरहेको बताउदै उनले केहि विमारीको अवस्था उद्वार गर्न पनि नसकिने अवस्था भैसकेको समेत जानकारी गराए ।
बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखे पठाई सकेकोे पनि उनले बताए । उनले मौसमी रुधाखोकी हुन सक्ने भन्दै विमारी घरलु उपचारमा लागेको तर लामो समय निको हुन नसकेपछि गाँउ नै सक्रमित भएको जानकारी गराए ।
एकै गाउँका स्थानीय बिरामी परेको उनको भनाई रहेको छ । गाउपाँलिका भित्र साना मेडिकलहरु मात्र भएकाले विमारीको परिक्षण हुन सकेको छैन् । गाउँपालिकामा विशेषज्ञ चिकित्सक भएको अस्पताल छैन ।

- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







