सल्यानकाे बागचाैरमा पनि सचेतनामुलक स्टिकर टाँस्न सुरु
माघ १९, सल्यान । सल्यानकाे बागचाैर नगरपालिका भित्र पनि सचेतनामुलक स्टिकर टाँस्ने अभियानकाे थालनी गरिएकाे छ। यसअघि छत्रेश्वरी, बनगाड, सिद्धकुमाख र शारदामा स्टिकर टाँसिएकाे थियाे भने आइतबारबाट बागचाैर नगरपालिका भित्र जनचेतनामूलक स्टिकर टाँस्न सुरु गरिएकाे हाे । याे अभियान स्थानीय तहहरूकाे सहयाेगमा जिल्ला प्रहरी कार्यालय सल्यानले सुरु गरेकाे हाे ।
यस सम्वन्धी बागचाैरमा आइतबार भएकाे अभिमुखिकरण कार्यक्रमकाे उद्घाटन् बागचौर नगरपालिका नगर प्रमुख लाेकमान बुढाथोकीले गरेका हुन । कार्यक्रममा बोल्दै नगर-प्रमुख बुढाथोकीले यस अभियानलाई पूर्न रुपमा सफल बनाउन आफूहरु तयार रहेको बताए । एक प्रहरी र एक जनप्रतिनिधि सहित बागचाैर नगरपालिका भित्रका करिब सात हजार घरधुरीमा यो स्टिकर टाँस्ने उनले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढेकेन्द्र खतिवडाले बालबिबहाले गर्दा आत्महत्याको बाटो रोज्ने, सम्बन्ध बिच्छेद र स्वास्थ्यमा पनि ठुलो असर पर्ने भएकाले यसलाइ राेक्नकाे लागि याे स्टिकर अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताए । बालबिबहा न्यूनीकरणका लागि सल्यान जिल्ला भित्रका ९४ जना पन्डितहरुलाई सचेतना कार्यक्रम, ६९ जना जोतिष/जैसीलाई सचेतना र २० बर्ष नपुगेका केटाकेटीको बिबाह कार्ड नछाप्ने जस्ता सचेतना कार्यक्रमहरु आफुहरुले सल्यान जिल्लाका विभिन्न ठाउँमा गरिसकेको उनले बताए ।
कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी, उपप्रमुख कल्पना पुन, प्रमुख जिल्ला अधिकारी चुडाराज न्याैपाने, जिल्ला प्रहरी प्रमुख ढेकेन्द्र खतिवडा, बानपाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनिराम केसी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन बागचौर नगरपालिका शिक्षा शाखा प्रतिनिधि बिरेन्द्र प्रकाश डिसी ले गरेका थिए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






