त्रिबेणी गाउँपालिकाको वडा नं. १ र २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
सल्यान १८, माघ ।
सल्यानको त्रिबेणी गाउपालिकाले सार्वजनिक सुनुवाई गर्न शुरु गरेको छ । चालु आर्थिक बर्ष २७६।०७७ को पुस मसान्त सम्म भएका काम र खर्च भएको बजेटको बिषयमा आम नागरिकलाई जानकारी दिन सार्वजनिक सुनुवाई गर्न शुरु गरेको हो । जिल्लामा नै पहिलो पटक यस गाउपालिकाले सार्वजनिक सुनुवाई गर्न थालेको हो ।

जिल्लामा १० वटा स्थानिय तह छन् । केही स्थानिय तहहरुले आर्थिक बर्षको अन्त्यमा मात्रै सार्वजनिक सुनुवाई गर्छन् । तर जिल्लाको त्रिबेणी गाउपालिकाले भने यस बर्ष देखी अर्धबार्षिक रुपमा नै सार्वजनिक सुनुवाई गर्न शुरु गरेको हो ।

स्थानिय तहले गरेका कामहरुको बारेमा आम नागरिकलाई जानकारी दिने उद्धेश्यले सार्वजनिक सुनुवाई सञ्चालन गरिएको गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो । उहाँका अनुसार बिगतका बर्षहरुमा असार मसान्तमा मात्रै सार्वजनिक सुनुवाई गर्ने परम्परा थियो, तर यस बर्ष भने अर्धबार्षिक रुपमा नै सार्वजनिक सुनुवाई गर्न थालिएको छ ।
सुशासनमा नागरिकको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यले सार्वजनिक सुनुवाई गरिएको उहाँको भनाई छ । गाउपालिकाका अनुसार चालु आर्थिक बर्षको पौष मसान्त सम्म ११ प्रतिशत बजेट खर्च भएको छ ।
गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुनले चालु आर्थिक बर्षको पौष मसान्त सम्म ११ दशमलव ५२ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधार तर्फ राम्रो बजेट खर्च भएपनि सुशासनको क्षेत्रमा भने कमै बजेट खर्च भएको छ ।


गाउपालिकाले वडा नम्बर १ र २ को काभ्रा स्थित वडा कार्यालयमा शुक्रबार सार्वजनिक सुनुवाई गर्दै गाउपालिकाले जनताका माग र आबश्यकताका आधारमा तय गरिएका योजनाहरुको कामहरु धमाधम भैरहेको जनाएको छ ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष छबिलाल खत्री, २ का वडा अध्यक्ष मेघराज रोका, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, कृषि शाखाका लक्ष्मी चन्द्र बबाल, पशु बिकास शाखाका बसन्त रावत, शिक्षा शाखाका दल राना लगाएतकाले अहिले सम्म गरेको कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले पूर्वाधार बिकास सँगै सुशासन र आयआर्जन तथा रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । कार्यक्रममा गाउपालिकाका प्रबक्ता हुकुम प्रसाद महतरा, ईलाका प्रहरी कार्यालय लुहामका जगत नेपाली लगाएतको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाईको सहजीकरण पत्रकार शिव डाँगीले गर्नुभएको थियो ।




- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






