सल्यानमा मोटरसाईकल दुर्घटना परि १ जनाको मृत्यु
सल्यानमा मोटरसाईकल दुर्घटना हुदा एकजना शिक्षकको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरि गाउँपालिका वडा नम्बर ६ स्थित कल्लेखोलामा रा ३ प ७००० नम्बरको मोटसाइकल दुर्घटना हुदा दार्मा गाउँपालिका १ रानिपानी घर भएका अन्दाजी ४४ वार्षिया शिक्षक टेक बहादुर केसिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेपाल रास्ट्रीय माध्यामिक बिधालय दार्मा सल्यानमा अध्यापन गराईरहेका शिक्षक केसि दाङ तर्फ जाद ैगर्दा सोमबार अपराहन्न सवा ४ बजे दुर्घटना परेका थिए। घाईते केसिलाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा लगिएको केही समय पस्चातनै उनको ज्यान गएको प्रहरी बताएको छ । श्रीनगरबाट जयचौर जादै गरेको बसलाई उछिनेर अगाडि जाने क्रममा बसलाई देखि हड्बडाएर मोटरसाईकल अनियन्त्रित भैइ दुर्घटना भएको प्रहरिले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको र बस चालकलाई जयचौर प्रहरिले नियन्त्रणमा लिएको प्रहरी चौकी भोटेचौरले जनाएको छ । शिक्षक केसि नेपाल शिक्षक संघ दार्मा गाउँपालिकाका अध्यक्ष समेत हुन ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






