सल्यानमा दुईवटा एनसेल टावर आगजनी
माघ १३, सल्यान । सल्यानमा छुट्टाछुट्टै दुइ स्थानमा रहेका एनसेल टावरमाथी आगजनी भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –४ देउलीमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आइतबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । प्रहरीका अनुसार यहाँ टावर संचालन गर्न राखिएको जेनरेटर र बिटीएसको तार काटेर आगजनी गरिएको छ ।
त्यस्तै शारदा नगरपालिका –१३ लेखटाकुरामा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ । दुवै घटनामा एकै प्रकृतिको जेनरेटर र बिटीएसको तार काटेर आगजनी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
प्रहरीले घटना स्थल पुगी अनुसन्धान सुरु गरेको जनाएको छ । टावर आगजनीकाे जिम्मा कसैले नलिएपनि नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले गरेकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







