हुलाक कार्यालय सल्यानले श्रीनगरबाट पनि सेवा सुरु गर्यो
माघ १३, सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले जिल्लाको श्रीनगर स्थित खलंगा-रुकम रोडको चोकबाट आफ्नो साधारण खालको सेवा दिन सुरु गरेको छ । श्रीनगरबाट सबैलाई सहज हुनेभन्दै कार्यालयले आइतबार देखि सामान्य खालको सेवा दिन सुरु गरेको हो ।
जसमा साधारण चिठीपत्र पठाउ, खुद्रा पैसा साट्न, टिकट बिक्री र निशुल्क पानी पिउने व्यवस्था गरिएको जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले बताए । उनका अनुसार खलंगा-रुकुम रोडको चोकमा रहेको ट्राफिक पोस्ट नजिक रहेको सटरमा एकजना कर्मचारी सहित चिठीपत्र राखिने सानो पेटीका र खानेपानी राख्ने फिल्टर राखिने छ ।

सेवा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुने उनले बताए । त्यहाँ संकलन भएका सबै चिठीपत्र २ बजेपछि हुलाक कार्यालयमा लगेर व्यवस्थापन गरिने उनले जनाए । खुद्रा पैसाको लागि समस्या परेका मानिसहरुलाई यसले धेरै सहज हुने उनले बताए ।
यसअघि हुलाक कार्यालय सल्यानले खलंगा पुरानो बसपार्कबाट पनि सेवा सुरु गरेको थियोे । उक्त सेवा अहिले नियमित छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






