फोर्स गाडि दुर्घटना हुदाँ चालककाे मृत्यु १७ घाइते
दुर्गा विसि/पुस,२४ सल्यान
सुर्खेतबाट जाजरकोटका लागि छुटेकाे भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातकाे फोर्स गाडि दुर्घटना हुदा चालककाे मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।विहान ठिक ८:३५ काे समयमा छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका वडा,११ बालुवासंग्रहि नजिकै १ सय ५० मिटर तल गाडि खसेकाे थियो भने, ४ जना गम्भीर घाइते भएका र १३ जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यायालय सल्लिवजारले जनाएको छ ।
गम्भीर घाइते हुनेमा बर्ष ३५ का भेरि गंगा नपा सुर्खेत छिन्चुुका चालक प्रकाश शर्माकाे मृत्यु भैसकेको छ,सशत्र प्रहरीवल सल्यानमा कार्यरत हाेम पंगाली,भेरि गंगा नपा सुर्खेतका शान्त कुमार तिरुवा,शा.न. पा का भुमवहादुर वुढाथाेकि,बनगाड कुपिण्डे नपा १ का अनिष विश्वकर्मा, जाजरकोट छेडाका सहचालक गाेपाल वड,दलवहादुर राेकाय जाजरकोट कुसे,५ त्यसै गरि बनगाड कुपिण्डे वडा ३ का वडा सदस्य भिमवहादुर वुढाथाेकि, रुुकुम चौहरजारिका विजय दर्लामी,रसुवा घर भएकि मालति आचार्य,जाजरकोट साल्माका पदम राेकाय,सल्यान श्रिनगरका गौतम वुढाथाेकि,ज्वालादलगण लमजुङका पुर्ण वहादुर सुनार,ललितपुर पाटनकि,रजनि श्रेष्ठ,जाजरकोट छेडागाड नगरपालिकाकि भगवती उपाध्याय,काठमाडौका अनिता मान्नधर घाइते भएका छन् ।घाइते सबैलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घाइते हुनेमा २ वालक,महिला ६ र पुरुष ९ जना रहेको जनाएको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






