सल्यानमा गाडी दुर्घटना : चालक सहित १८ जना घाईते
दुर्गा बिसी,
सल्यान २४, पौष ।
सल्यानमा फोर्स गाडी दुर्घटना हुदाँ १८ जना घाईते भएका छन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ बालुवासंग्रहीमा फोर्स गाडी दुर्घटना हुदाँ १८ जना घाईते भएका हुन् । सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातको गाडी आज बिहान साँढे ८ बजे तीर दुर्घटना हुदा १८ जना घाइते भएका हुन् ।

जसमा ५ जना गम्भीर घाइते भएका छन् भने १३ जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । गम्भीर घाइते हुनेमा वर्ष ३५ का भेरीगंगा नगरपालिका सुर्खेत छिन्चुुका चालक प्रकाश शर्मा, सशस्त्र प्रहरी वल सल्यानमा कार्यरत होम पंगाली, भेरीगंगा नगरपालिका सुर्खेतका शान्त कुमार तिरुवा, बन्गाड कुपिण्डे नगरपालिका १ का अनिष विश्वकर्मा, जाजरकोट छेडाका सहचालक गोपाल वड रहेका छन् ।

यस्तै जाजरकोट जिल्ला कुसे गाउपालिका ५ का दलवहादुर रोकाय, बनगाड कुपिण्डे नगरपालिका वडा ३ का वडासदस्य भिमवहादुर वुढाथोकी, रुुुुकुम चौरहजारीका विजय दर्लामी, रसुवा घर भएकी मालती आचार्य, जाजरकोटका पदम रोकाय, सल्यान श्रीनगरका गौतम वुढाथोकी रहेका छन् । यस्तै ज्वाला दलगण लमजुङका पुर्ण वहादुर सुनार, ललितपुर पाटनकी रजनी श्रेष्ठ, जाजरकोट छेडागाड की भगवती उपाध्याय, काठमाडौका अनिता मान्नधर र शारदा नगरपालिकाका भुम वहादुर वुढाथोकी घाईते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि नेपालगन्ज पठाएको छ । गाडी सडक बाट करिब १ सय ५० मिटर तल खसेको छ । तिव्र गतिका कारण गाडी दुर्घटना भएको हुुुुुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह