सल्यानमा एकैदिन खलंगा र बागचाैरमा रचना बाचन
पुस १९, सल्यान । सल्यानमा पछिल्लाे समय साहित्य सम्बन्धि विभिन्न खालका कार्यक्रमहरू हुने गरेका छन् । कला साहित्यकाे क्षत्रेमा काम गर्ने विभिन्न संघ संगठनहरूले साहित्यक कार्यक्रम गरेका छन् । जिल्लामा बेलाबखत साना-ठुला साहित्यक कार्यक्रम हुने गरेकाेमा आज शनिबार एकैपटक खलंगा र बागचाैरमा दुइवटा साहित्यक रचना बाचन कार्यक्रम भएका छन् । बागचाैर नगर साहित्य परिषदले आफ्नाे दाेस्राे वार्षिकोत्सव तथा रचना बाचन कार्यक्रम हाेटेल रिभरसाईड बागचाैरमा सम्पन्न गरेकाे छ । परिषदकी उपाध्यक्ष पुष्पा रिजन डि.सि. ले आफ्ना दर्जनाै मुक्तक, गजल, कविताहरू बाचन गरेर कार्यक्रमलाइ राेमाञ्चक बनाएकी थिइन् ।
परिषदका अध्यक्ष इन्द्र भण्डारी ‘अङ्कित’को अध्यक्षतामा भएकाे कार्यक्रममा बागचौर नगर प्रमुख लोकमान बुढाथोकी लगायत थुप्रै व्यक्तीहरूकाे बाक्लो उपस्तिथि रहेको थियो। कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयबाट विद्यावारिधि गरेका परिषदका संरक्षक तथा सल्लाहकार डा. पूर्ण भण्डारी पंकजलाई अभिनन्दन गरिएको थियो ।
त्यस्तै युगल रचना वाचनका श्रष्टालाई सम्मान गरिएकाे थियाे । परिषदका सदस्य एच.पि पुन काे स्वागत मन्तव्य बाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण परिषदका सचिव तारादेव शर्मा प्रदर्शनले गरेका थिए ।
यसैबीच समाजबाद अध्ययन केन्द्र सल्यानको आयोजनामा खलंगामा पनि रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष गणेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टाहरुले आ आफ्ना रचना वाचन गरेका थिए ।
स्रष्टा बिरेन्द्र रावत, मौसमदाश श्रेष्ठ, प्रविन भण्डारी र सिर्जना बिष्टले आ-आफ्ना कविता, गजल, मुक्तक आदी बाचन गरेका थिए । ती रचनाहरु माथी टिप्पनी गर्दै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माले समय सान्दर्भिक रचनाहरु स्रष्टाले वाचन गरेको बताए । उनले यस क्षेत्रमा निरन्तर कमल चलाउन सुझाव समेत दिए ।
केन्द्रका अध्यक्ष सिंहले पछिल्लाे समय सल्यानमा साहित्यप्रति धेरैकाे आकर्षण बढेकाे बताए । तर उनले स्थानीय तह भैसकेपछि साहित्यकारहरूलाइ कार्यक्रम गर्न र लेख्न असहज भएकाे बताए । उनले अब सबै साहित्यकारहरू पनि एकजुट भएर अगाडी बढ्नुपर्ने तर्क गरे ।
समाजबाद केन्द्रका उपाध्यक्ष धनसरा मल्लको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भुम प्रकाश भण्डारीले गरेका थिए ।
- समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा
- त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने