सल्यानमा माघ २९ देखि ब्यापारिक तथा सांस्कृतिक महोत्सब हुदै
आशिष के.सी, / १९ पुस सल्यान :
सल्यान उद्योग बाणिज्य संघ सल्यानले आगामी माघ २९ गते देखी फागुनको ११ गते सम्म ब्यापारिक तथा सांस्कृतिक महोत्सबको आयोजना गर्ने भएको छ । उद्योग बाणिज्य संघ सल्यानको शनिबार बसेको कार्यसमिति बैठकले केहीनिर्णय गर्दै आफनो रजतजयन्ती र ९ औ बार्षिक उत्सब पनि मनाउने भएको छ । संघले माघ २९ गते देखी हुने प्रादेशिक महोत्सबको समुदघाटन कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई बोलाउने निर्णय गरेको छ भने माघ २२ गते हुने रजत जयन्तीको अबसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी रानालाई बोलाउने निर्णय गरेको छ । जिल्लामा उत्पादित बस्तुहरुको बजारिकरण तथा जिल्लाका पर्यटकिय स्थलहरुकोप्रचारप्रसारमा महोत्सबले केही प्रेरणा दिने ध्येय राखेकोले महोत्सबकोआयोजना गर्न लागीएको संघ जनाएको छ ।


संघका अध्यक्ष बिर बहादुर चलाउनेको अध्यक्षतामा बसेको कार्यसमितिकोबैठकमा बोल्दै निबर्तमान अध्यक्ष सुधन श्रेष्ठले संघ बिगतमा बिभिन्न आरोह अबरोह पार गर्दै नयाँ संरचनामा आएकोले अबको बाटो सल्यान जिल्लाको आर्थिक बिकास,जिल्लामा पर्यटक ब्यबसायको प्रचारप्रसार,जिल्लामा उत्पादित बस्तुको बजारिकरणको लागी महोत्सबको आयोजना गर्न लागीएको जानकारी दिए।उनिले बिगतमा संघले आयोजना गरेका महोत्सबबाट सिक्दै जिल्लाकै कासकोलागी यो पटकको महोत्सबको आयोजना गर्न लागीको पनि बताए ।
महोत्सबबाट भएको आम्दानीले बिशेष गरि आम ब्यापारी,कृषकका समस्याहरुको न्यूनिकरणको लागीखर्च गर्ने जानकारी दिएको छ । संघले लामो समय पछि महोत्सबको आयोजना गर्दैगर्दा केहि चुनौतिहरु त छन तर ब्याबसायिक हकहितको लागी यि महोत्सबहरुको आयोजना हुन पनि जरुरी पनि रहेको तथा महोत्सबको लागी सबैको सहयोग अपरिहार्य रहेको,जिल्लाको हकहितको लागी सबैले हात्तेमालो गर्न आबश्यक रहेकोेले महोत्सब सफल बनाउनको लागी आ आफनो ठाउबाट सहयोगको आबश्यकता रहेको संघका अध्यक्ष बिर बहादुर चलाउने बताएका छन ।
महोत्सब अबधिभर १ लाख आमजनसमुदायले प्रत्यक्ष अबलोकलन गर्ने र करिब १ करोडको कारोबारो हुने लक्ष्य राखिएको उद्योग बाणिज्य संघ सल्यानले जनाएको छ।सल्यान जिल्लाको समग्र बिकासको आधार कृषि पर्यटन,ब्यापार समृद्धिको आधारभन्नेका उद्देश्यका साथ सल्यान जिल्लाका निम्ती महोत्सबले कहि टेवापुग्ने बिश्वास गरिएको छ ।
यसै गरी संघले माघ २२ गते आफनो रजतजयन्ती मनाउनुको साथै आफनो ९औं साधारण सभापनि गर्न लागीएको र आज बसेको बैठकलेरजतजयन्तीको लागी र महोत्सबको लागी कार्यसमितिको सम्पुर्ण सदस्यलाईजिम्मेवारी बाँडफाँड गरिएको संघका महासचिब भरत बस्नेतले जानकारी दिए ।
सल्यानमा कृषि,पर्यटन,उद्योग,सांस्कृतिक तथा ब्यापार संगै बिकासको परिकल्पना,आर्थिक उन्नतीको लागी महोत्सब करिब ११ दिन सम्म संचालन हुनेभएको हो । महोत्सबमा बिभिन्न प्रर्दशनीका सामाग्री र स्टलपनि राखिने भएको छ । महोत्सब अबधिभर जिल्ला तथा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारको पनि सहभागिता रहने छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री