पत्रकार बुढाथोकीलाई डेकेन्द्र थापा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
काठमाडौँ, १२ पौष
सल्यानमा क्रियाशिल पत्रकार मिना बुढाथोकीले डेकेन्द्र थापा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ । प्रेस संगठन नेपालको शनिबार राजधानीमा आयोजित राष्ट्रिय भेलामा सो पुरस्कार प्रदान गरेको हो । पुरस्कार मिना बुढाथोकी सल्यान, सुशिल अर्याल गोरखा र दिपक रिजाल धादिङलाई संयुक्त रुपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदान गर्नुभयो ।
१२ वर्षदेखि सल्यानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेकी बुढाथोकी हाल नयाँपत्रिकामा आवद्ध हुनुहुन्छ । रेडियो राप्ती एफएम सल्यानमा सम्वाददाताबाट पत्रकारिता शुरु गरेकी बुढाथोकीले २०६६ देखि २०७६ वैशाख सम्म रेडियो राप्ती एफएममा समाचारवाचकको रुपमा काम गर्नुभएको थियो । यसविचमा आर्थिक अभियान राष्ट्रिय दैनिक, सौर्य राष्ट्रिय दैनिक, अन्नपुर्ण राष्ट्रिय दैनिक, माउण्टेन टिभि, दैनिक नेपाल लगायतका आधा दर्जन बढि संचारमाध्यममा संवाददाताको रुपमा काम गरिसकेकी उहाँ अहिले इन्सेक र जनता टेलिभिजनमा समेत आवद्ध हुनुहुन्छ । नेपाल पत्रकार महासंघ सल्यानकी केन्द्रिय प्रतिनिधि बनिसकेकी बुढाथोकी अहिले भर्खरै गठन भएको प्रेस संगठन सल्यानकी संयोजक समेत हुनुहुन्छ ।

डेकेन्द्र थापा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार दैलेखमा क्रियाशिल पत्रकार डेकेन्द्र थापामा सम्झनामा स्थापना गरिएको हो । दैलेख बजारमा संचालित खानेपानीको पाईप लाईन काटेर खानेपानी अवरुद्ध गरेपछि खानेपानीको विषयमा छलफल गर्न गएको समयमा २०६१ साल असार १२ गते अपहरणमा परेका थापाको ४८ दिन पछि दैलेखको साविकको द्धारी गाविसको एउटा हत्या भएको थियो । हत्या भएको झण्डै ४ वर्ष पछि मानव अधिकारवादी संघ संगठन र नेपाल पत्रकार महासंघ दैलेखको पहलमा सव उत्खनन गरेर सांस्कृतिक दाह संकार पुरा गरिएको थियो । यस अघि प्रेस चौतारीले प्रदान गर्दै आएको यो पुरस्कार हरेक वर्ष पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिन्छ ।

यसैगरी प्रेस संगठनले हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार निर्मला शर्मा, अग्निशिखा पत्रकारिता पुरस्कार प्रमोद दाहाल, विरेन्द्र कुमार साह क्रियाशिल युवा पत्रकारिता पुरस्कार राजु अधिकारी झापा, वसन्त प्रताप सिंह बझाङ र सुभद्रा प्याकुरेल सुनसरीलाई प्रदान गरेको छ । यस्तै पद्यमलक्ष्मी सावित्री बस्नेत पत्रकारिता पुरस्कार दमन राइ खोटाङ, युनिकविफा घिसिङ रामेछाप र रविन बोहरा बाग्लुङलाई प्रदान गरिएको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






