सिद्ध कुमाखकाे फलाटेमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
पाैष ९,सल्यान।
सिद्ध कुमाख गाउँपालिका पशु सेवा शाखा सल्यानको आयोजनामा पशु स्वास्थ्य सम्वन्धि गाउँपालिकाका ५ वटै वडामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर अन्तर्गत आज पहिलो दिन वडा ३ को फलाटेमा वडाध्यक्ष तथा आर्थिक बिकास संयोजक शालिकराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको छ।
शिबिरमा पशुहरुको स्वास्थ्य परिक्षण तथा उपचार सेवा,पशु बन्ध्याकरण,कुकुरको लागि रेबिज भ्याक्सिन,बाह्य तथा आन्तरिक परिजिबिहरुको उपचार तथा औषधि बितरण कार्य गरिएको थियो । शिबिरमा ११०५ पशुहरुको उपचार तथा औषधि बितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष बुढाथोकिले पशु पालेर मात्र नभइ त्यसलाई सहि समयमा जाँच तथा उपचार गर्नुपर्ने र त्यसो गरे मात्र पशुपालन व्यवसाय फस्टाउने जसवाट कृषकले प्रशस्त आम्दानी गर्न सक्ने बताए।
कार्यक्रमको बारेमा पशुसेवा शाखाका प्रमुख दिपक कुमार ओलिले शिविरको उदेश्य प्रकाश पारेका थियो भने शिविरमा भएको उपचार कार्यमा १० जना प्राबिधिक खटिएका थिए।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






