अन्धोपन न्युनिकरणका लागि झाँक्री देखि शिक्षकलाई तालिम
सल्यान, १८ मंसिर ।
अन्धोपन न्युनिकरणका लागि राप्ती आँखा अस्पतालले शिक्षक देखि धामी झाँक्रि सम्मलाई तालिम सञ्चालन गरेको छ । नेपाल नेत्रज्योती संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम सञ्चालन गरेको हो । आँखा अस्पतालका कार्यक्रम संयोजक शालिकराम गौतमले अन्धोपन निवारणका लागी जनप्रतिनिधी, शिक्षक, आमा समूह, धामी झाँक्रि तथा पत्रकार सम्म आँखा स्वास्थ्य शिक्षा कार्यक्रम लगेर गएको बताउनु भयो । यस वर्ष अस्पतालले ५० जना स्वास्थ्यकर्मी, २० जना औषधि विक्रेता, ५० जना शिक्षक तथा ६० जना जनप्रतिनिधीलाई तालिम प्रदान गरिएको उनले बताउनु भयो ।
बुधबार सल्यानको कपुरकोटमा शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको जनाउँदै उनले यस प्रकारको तालिमले बाल अन्धोपन न्युनिकरणमा टेवा पुर्याउने विश्वास ब्यक्त गरे । तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल नेत्रज्योती संघका केन्द्रीय कार्यक्रम संयोजक हुकुम पोखरेलले विद्यालय उमेरका वालवालिकाको दृष्टी र आँखाको अवस्था तथा अन्धोपन रोकथामका उपायका बारेमा प्रशिक्षण दिएका थिए ।

वार्षिक कार्यक्रम अनुसार नर्वेनियन नेत्रहिन तथा अल्पदृष्टीयुक्त संघ नर्वेको आर्थिक सहयोगमा आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम सञ्चालन भइरहेको अस्पतालले जानकारि दिएको छ । यसै वर्ष २० जना शिक्षकहरुको लागि कपिलवस्तुको शिवजन नगरपालिका र ६० जना जनप्रतिनिधीहरुको लागी रोल्पाको सुलिचौरमा संचालन गरिएको कार्यक्रम संयोजक गौतमले जनाए । उनका अनुसार २० जना धामी झाँक्री, २० जना पत्रकार तथा संचारकर्मी, ६० जना आमा समूहका सदस्यहरुलाई पनि तालिम प्रदान गरिने छ ।
अस्पतालले विभिन्न स्थानीय सरकार संग समन्वय गरेर आखा उपचारका कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ । बुधबार कपुरकोटमा आयोजित कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले गत आर्थिक वर्षमा पनि राप्ती आँखा अस्पताल संग समन्वय गरेर जेष्ठ नागरिकहरुको दृष्टी फर्काउने काम गरिएको उल्लेख गर्दै यस वर्ष पनि सहकार्य र समन्वयलाई निरन्तरता दिइने जनाए । उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, स्वास्थ्य संयोजक अरुण दाहाल तथा शिक्षा संयोजक कृष्ण भण्डारी लगाएतले बोल्दै सचेतनाका लागी अस्पतालले प्रदान गरेको तालिम उपयोगी देखिएको बताएका थिए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






