सल्यानमा उपनिर्वाचन को को छन त उम्मेदवारहरु हेर्नुहोस ?
सल्यान २५, कार्तिक ।
आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सल्यानमा प्रमुख राजनीतिक दलहरूले आ आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवै दलले उम्मेदवारको टुंगो लगाएका हुन् । वडा अध्यक्ष रिक्त रहेको कुमाख गाउपालिका वडा नम्बर ५ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
कुमाख गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख भएसँगै वडाअध्यक्ष पदरिक्त रहेको थियो । रिक्तपदमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी ‘ज्वाला’ लाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका जिल्ला सचिव कर्ण बहादुर बुढाथोकी ‘छहरी’ ले जानकारी दिनुभयो ।
यस्तै कांग्रेस नेपाली काँग्रेसले वडाअध्यक्षको निर्वाचनका लागी खड्ग बहादुर बोहरालाई उम्मेदवार बनाएको छ । पार्टी जिल्ला सभापती गणेश चन्दले पार्टीका आधिकारिक उम्मेदवार बोहरा भएको जानकारी दिनुभयो । उहाँले पार्टीको निर्णय अनुसारलाई नै बोहरालाई वडाअध्यक्षको उम्मेदवार बनाउने भनेर निर्णय भैसकेको र उहाँले निर्बाचनमा उम्मेदवारी दिने जानकारी दिनुभयो ।
उम्मेदवार टुंगो लागे सँगै सत्तारुढ नेकपा र नेपाली कांग्रेस दुबैले प्रचार प्रसारमा तिब्रता दिएका छन् । यसका साथै साना दलहरूले पनि आफ्ना उम्मेदवारको टुंगो लगाउन आन्तरिक तयारी गरिरहेका छन् ।
यसैबिच सल्यानमा उपनिर्बाचनको तयारी थालिएको छ । कुमाख गाउपालिकाको मुकाम रागेचौरमा मूख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरेर आगामी मंसिर १४ गते हुने उपनिर्वाचन सम्बन्धी गतिबिधि शुरु गरिएको हो । वडाअध्यक्षका लागी कार्तिक २७ गते बुधबार उम्मेद्धारी दर्ता हुदैँ छ । उपनिर्बाचन हुन लागेको कुमाख गाउपालिका ५ मा १ हजार ८ सय ३९ मतदाता रहेका छन् ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न