फेसबुक, ट्विटर चलाउन प्रदेशसभा सदस्यलाई तालिम
देशसभा सदस्यहरुलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु सजगता बारे सिकाउन विराटनगरमा तालिम आयोजना गरिएको छ।
संसद् सहयोग परियोजनाको सहयोग तथा इनोभेटिभ भिजनद्वारा आयोजित दुई दिने सो तालिममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ।
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने बताए।
उनले समाजलाई अग्रगति दिन सबैले सकारात्मक सोच बनाउनुपर्ने बताउदै पत्रकारिता पनि आग्रह वा पूर्वाग्रहबाट चल्नु नहुने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लाम्साल, इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देल र संसदीय पत्रकार मञ्चका उपाध्यक्ष बाबुराम भण्डारीले सञ्चारको गलत उपयोग भएमा मानिसको व्यक्तित्व नै धरापमा पर्न जाने भएकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री