जन्मदिनको अवसरमा पत्रकार केसीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
कात्तिक १८, सल्यान । सल्यानका पत्रकार खकेन्द्र केसीले आफ्नो जन्मदिनको अवसरमा आफुले पढेको विद्यालय र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
सल्यानबाट संचालित लेकाली अनलाइनका सम्पादक तथा जनपत्रकार संगठन नेपाल सल्यानका सचिव समेत रहेका पत्रकार केसीले छत्रेश्वरी गाउँपालिका १ र बागचौर नगरपालिका ९ को सिमाना जलेखर्कमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा आफु २२ वर्षमा प्रवेश गरेको अवसरमा सहयोग गरेका हुन् ।

विद्यालयमा आवश्यक पर्ने ग्लोव, शैक्षिकसत्रमा उत्कृष्ट हुने ३ जना र गरिब तथा विपन्न परिवारका ५ जना गरी ८ जना विद्यार्थीलाई उनले ६ हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेका हुन । विद्यार्थीलाई वितरीत सामाग्रीमा कलम, कपी र ज्यामीतीय सामाग्रीहरु छन् ।
सामाग्री वितरण गर्दै पत्रकार केसीले जन्मदिनलाई केक काटेर मनाउनु भन्दा सहयोग गरेर मनाउदा खुसी लागेको बताए । उनले होटल र रेस्टुरेन्टमा खर्चिलो पाटी गर्नुभन्दा सामाजिक क्षेत्रमा नै सहयोग गर्दा राम्रो सन्देश जाने बताए ।

सहयोग वितरण कार्यक्रममा विव्यस अध्यक्ष तथा बागचौर नगरपालिका ९ का वडा अध्यक्ष मोहन चन्द, प्रधानध्यापक ढाँकु शाही लगाएतको उपस्थिती थियो । उनिहरुले पुर्व विद्यार्थी आएर यसरी कार्यक्रम गरेको भन्दै प्रसंसा गरेका थिए ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह