सामुदायिक विपद प्रतिकार्य सम्बन्धि ४ दिने तालिम सुरु
बनगाड कुपिण्डे नगरपालिकामा सामुदायिक विपद प्रतिकार्य सम्बन्धि ४ दिने तालिम आज देखि सन्चालन भएको छ । बनगाड कुपिण्डे नगरपालिका सन्चालन हुने कार्यक्रमको सहजीकरण सुवज गण सिमखर्क व्यारेकले गरेको छ । विपद सम्बन्धि विभिन्न जोखिमहरुको बारेमा र त्यसको कसरी निराकरण गर्ने सकिन्छ भन्ने बारेमा तालीम हुने जनाएको छ ।
विपद व्यवस्थापन र प्राकृतिक प्रकोप सम्बन्धि सुवज गण सिमखर्क व्यारेकका शंकर बहादुर चन्द, दिपेन्द्र बस्नेत, राम प्रसाद पोखरेल, हरिराम थापा, नोखिराम थापाले प्रशिक्षण दिनु हुने भएको छ । २१ गते सम्म सन्चालन हुने कार्यक्रममा व्यक्ति, समुदाय र समाजमा अकस्मात आउने दुख खकट भुकम्प , सुनामी, ज्वालामुखी ,चट्याङ आगो, हुरिवतास, भूक्षय पहिरो, र हिमपहिरो, हिमताल फुटेर आउने बाढी , सितलहर, लु लाग्ने अकस्मात श्रीजना हुने विपद व्यवस्थापन सम्बन्धि तालीम हुने छ ।
भुकम्प नेपाल ११ औं स्थान र बाडी पहिरोमा ३० औं स्थानमा रहेको बताएका छ। कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले कार्यक्रमको उद्घाटन गर्नु भएको कार्यक्रम नगरपालिका सम्पुर्ण वडाका वडा बासी नगरपालिका कर्मचारी लगाएतको सहभागी रहेको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री